वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल

आषाढ १५, २०८२ आइतबार
वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल

सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ ।  आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून व्यवसायीहरु पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताउनु भयो । आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने जिकिर गर्नुभयो । न्यायाधीश भएपछि संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिवद्धता जनाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images