पाकिस्तानका केही भागहरूमा भारी मनसुनपूर्वको वर्षाले विनाश निम्त्याएपछि २२ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको एक अधिकारीले बतउनुभएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले देशका प्रमुख भागहरूमा व्यापक वर्षा र आँधीबेहरी आउनसक्ने अनुमान गरिएको मौसम शतर्कता जारी गरेको थियो । एजेन्सीले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, बिजुलीका पोल र कमजोर पूर्वाधारबाट टाढा रहन सल्लाह दिएको थियो । स्थानीय प्रशासनलाई पूर्वतयारी उपायहरू सुनिश्चित गर्न र सम्भावित क्षति कम गर्न आकस्मिक योजनाहरू सक्रिय गर्न निर्देशन दिएको थियो ।