महकाली सन्धी कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना निकट भविष्यमै अघि बढाउँछुः प्रधानमन्त्री ओली

आषाढ १४, २०८२ शनिबार
महकाली सन्धी कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना निकट भविष्यमै अघि बढाउँछुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अहिले पनि महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताउनुभएको छ ।  शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महकाली सन्धीको पक्षमा तत्कालीन समयमा धेरै विरोध भएपनि अहिले सबै राजनीतिक दलहरु महकाली सन्धी कार्यान्वयनको पक्षमा रहेको बताउनु भयो । निकट भविष्यमै महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताउनु भयो । चाँदनी दोधारामा १० क्युमेक्स पानी ल्याउने कुरामा सरकारले फेरि अघि बढाउने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images