प्रगतिशील कर प्रणालीबिना सामाजिक न्याय सम्भव छैनः सांसद बस्नेत

आषाढ १४, २०८२ शनिबार
प्रगतिशील कर प्रणालीबिना सामाजिक न्याय सम्भव छैनः सांसद बस्नेत

नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले प्रगतिशील कर प्रणालीबिना नेपालजस्तो मुलुकमा सामाजिक न्याय सम्भव नभएको बताउनुभएको छ ।  प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले  मुलुकमा रहेको असमान विकासको अवस्था कर प्रणालीको कमजोरीसँग गाँसिएको टिप्पणी गर्नुभयो । उहाँले प्राकृतिक व्यक्तिका लागि करयोग्य आय सात लाख र दम्पतीका हकमा आठ लाख र्पुयाउनुपर्ने प्रस्ताव गर्नुभयो । यस्तो व्यवस्थाले प्रगतिशील कर प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त उहाँको विश्वास छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images