प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गर्नुभएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले आज राष्ट्रिय वृक्षारोपण दिन पारेर भविष्यको सुरक्षाका लागि हरेक नागरिकले एउटा बिरुवा रोप्न आग्रह गर्नुभयो । पृथ्वी, प्रकृति, भावी पुस्तालाई माया गर्न पनि एउटा बिरुवा रोप्नुपर्ने बताउनु भयो । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता भएको पनि बताउनु भयो ।