नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बद्मासी गरिरहेको भन्दै निष्पक्ष छानविनको माग गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको बताउनु भयो । केही मानिसहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको पनि बताउनु भयो । यसमा निष्पक्ष छानविन गरी कारबाहीको दायरा अघि बढाउन माग गर्नुभयो ।