नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले पश्चिम अफ्रिकी देशको कर प्रणालीमा व्यापक सुधार गर्ने चार विधेयकमा हस्ताक्षर गर्नुभएको छ । यो कम आय भएका र साना व्यवसायहरूमा आर्थिक बोझ कम गर्न डिजाइन गरिएको विधायी पहल हो । विभिन्न सरोकारवालाहरूबाट समर्थन प्राप्त गरेको नयाँ कानूनले देशको कर प्रणालीमा सुधार गर्ने, राष्ट्रिय आर्थिक वृद्धिलाई बढावा दिने र कम विशेषाधिकार प्राप्त व्यक्तिहरूलाई फाइदा पु¥याउने तथा अनौपचारिक क्षेत्रलाई उत्प्रेरित गर्ने प्रावधानहरूमार्फत लाखौं नाइजेरियालीहरूको जीविकोपार्जन बढाउने अपेक्षा गरिएको छ ।