प्रजातान्त्रिक गणतन्त्र कंगो र रुवाण्डाले शुक्रवार वाशिंगटनमा एक व्यापक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । ग्रेट लेक्स क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । हस्ताक्षर समारोहमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, कंगोका विदेशमन्त्री थेरेसे वाग्नेर र रुवाण्डाका विदेशमन्त्री ओलिभियर न्दुहुंगिरेहे, अफ्रिकी संघ, कतार राज्य र अमेरिकी कंग्रेसका वरिष्ठ अधिकारीहरू उपस्थित थिए । सम्झौताले क्षेत्रीय अखण्डताको सम्मान गर्ने, शत्रुता रोक्ने, सशस्त्र सेनाहरूलाई निःशस्त्रीकरण गर्ने र सशस्त्र गैर–राज्य सशस्त्र समूहहरूलाई सशर्त एकीकृत गर्ने प्रतिवद्धताहरूको रूपरेखा प्रश्तुत गर्दछ ।