एसईईको नतिजा सार्वजनिकः  ६१.८१ प्रतिशत ग्रेडेड

आषाढ १३, २०८२ शुक्रबार
एसईईको नतिजा सार्वजनिकः  ६१.८१ प्रतिशत ग्रेडेड

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रवार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १ सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३ सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार १ सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १ सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले १ सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्ध भएको बताउनु भयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५ सय ९७ रहेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images