प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रारम्भिक बालविकास तथा शिक्षाको विषयमा सहमति जुटाएको छ । बिहीवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले प्रारम्भिक बालविकास तथा शिक्षाको विषयमा सहमति जुटाएको हो । सहमतिअनुसार बाल विकास शिक्षालाई आधारभुत शिक्षामा समेटिएको छ । समिति सभापति अम्मरबहादुर थापाले आधारभुत शिक्षा भन्नाले प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षा सम्झनुपर्ने विषयमा सहमति जुटेको बताउनु भयो ।