प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रश्ताव पारित गरेको छ । बिहीवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । समितिका सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्नेगरी निजी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी दफा ४ पारित भएको घोषणा गर्नुभयो ।