इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र बेलायती प्रधानमन्त्री केयर स्टारमरले बिहीवार इजरायल र इरान बीचको हालैको युद्धविरामको बारेमा छलफल गर्नुभएको छ । टेलिफोन वार्ताका क्रममा संकटको शान्तिपूर्ण समाधानको लागि कुटनीतिक मार्ग अपनाउन आग्रह गर्नुभएको छ । दुई नेताहरूले संकटको शान्तिपूर्ण समाधानको लागि वार्ताको टेबलमा फर्कने र सैन्य बलको सहारा लिनबाट टाढा रहने आवश्यकतामा जोड दिनुभयो । आफ्नो तर्फबाट स्टारमरले क्षेत्रीय स्थिरता प्रवद्र्धनमा इजिप्टको भुमिकाको प्रशंसा र्गाुभयो । दुई नेताहरूले कायरो र लण्डन बीचको द्विपक्षीय सम्बन्धको बललाई पनि जोड दिनुभएको छ ।