म्यानमारले बिहीवार लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन देशभरबाट जफत गरिएका २९७.९५ मिलियन अमेरिकी डलर बराबरको लागुऔषध नष्ट गरेको छ । दक्षिणपूर्वी एशियाली देशका तीन प्रमुख शहरहरू याङ्गुन, मन्डले र ताउन्गीमा बिहीवार जफत गरिएका अवैध लागुऔषध र सामग्रीहरू औपचारिक रूपमा जलाइएको बताइएको छ ।