गैरकानूनी रूपमा विदेशमा रहेका नेपालीहरूलाई परराष्ट्रमन्त्रीको आग्रह–अब कानूनी प्रक्रिया अपनाउनू

आषाढ १२, २०८२ बिहीबार
गैरकानूनी रूपमा विदेशमा रहेका नेपालीहरूलाई परराष्ट्रमन्त्रीको आग्रह–अब कानूनी प्रक्रिया अपनाउनू

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैर कानूनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले विदेश जानेहरूलाई कानुनी रूपमै जानको लागि आग्रह समेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images