संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृत भाषा मात्रै नभइ साहित्य, शासन पद्धति, जीवन दर्शन र सामाजिक संरचनाको मूल श्रोत भएको बताउनुभएको छ । १९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा रहेका पर्वत, नदी, हिमालय भौगोलिक वातावरण साधक र तपस्वीहरु र महिर्षिहरुको लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपालको पशुपति लगायतका विभिन्न स्थानहरुमा संस्कृतिका मन्त्रहरु गुञ्जिने भन्दै उहाँले विश्वबाट आएका संस्कृत विद्वानहरुलाई अवलोकनको आग्रह गर्नुभयो । नेपालमा वैदिक संस्कारअन्तर्गतका विविधि संस्कृतिहरु रहेको मन्त्री पाण्डेको भनाइ छ ।