खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रश्ताव राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसद जगप्रसाद शर्माले उक्त सङ्कल्प प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । संकल्प प्रश्तावमाथिको छलफलपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुुभयो । दाहालले संकल्प प्रश्तावमा उल्लेख भएका विषयहरु कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिँदै अनुगमन गर्न समेत आग्रह गर्नुभयो ।