पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताउनुभएको छ । ललितपुरमा बिहीवार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै उहाँले केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्व बढ्न थालेको बताउनु भयो । उहाँले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको पनि बताउनु भयो ।