विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक

आषाढ १२, २०८२ बिहीबार
विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भयो । उहाँले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसावले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images