प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताउनुभएको छ । बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताउनु भयो । त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताउनु भयो ।