गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनु भयो । लागुऔषध दुव्र्यसनीले मुलुकलाई नै अध्याँरोतर्फ धकेलिरहेको जिकिर गर्नुभयो । लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउनु भयो ।