इजरायल र इरानबीचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रवारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः शुरु गर्ने प्रधानमन्त्री मोस्तफा मादबोलीले बताउनुभएको छ । शुक्रवार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै कारखानाहरूमा ग्यास पम्पिङ पुनः शुरु हुने उहाँको भनाइ छ । उत्तरी तटीय शहर न्यु अलामेनमा आयोजित साप्ताहिक मन्त्रिपरिषद् बैठकमा यस्तो बताउनुभएको हो । उहाँले इजिप्टको वृहत आर्थिक र सामाजिक विकास लक्ष्यहरू अनुरूप देशको औद्योगिक क्षेत्रलाई सञ्चालनमा राख्न आवश्यक पर्ने ऊर्जा आपूर्ति सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । द्वन्द्वको समयमा इजिप्टले आपतकालीन योजना सक्रिय ग¥यो ।