नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गर्नुभयो । समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताउनु भयो ।