गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीवार भएको एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यहरू भन्दा बढीको मृत्युले अन्य ३३ जना पीडितहरू अहमदाबादको बीजे मेडिकल कलेजको क्याम्पसमा रहेका व्यक्तिहरू भएको देखाएको छ । भारत सरकारले एयर इण्डिया दुर्घटनाको छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । जसको नेतृत्व गृह सचिवले गर्नेछन् र यसमा राज्य र केन्द्र सरकारका सहसचिव पदभन्दा कमका प्रतिनिधिहरू हुनेछन् । समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रकाशित गर्नेछ ।