नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि प्रश्न उठाउँदै आयोगले एउटै मुद्दामा केहीलाई कारबाही गर्ने र केहीलाई उन्मुक्ति दिने प्रवृत्तिले दण्डहीनतालाई प्रोत्साहन दिएको टिप्पणी गर्नुभयो । भ्रष्टारविरोधी भाषा बोलेर मात्र नहुने भन्दै कोइरालाले निर्मम तरिकाले भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्ने बताउनु भयो ।