वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक

जेठ २७, २०८२ मंगलबार
वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले बजारमा वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्नको निम्ति सरकार लागिपरेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अर्थ व्यवस्थामा सरकारले सबै कुरा गरेर सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्रको लागि वातावरण निर्माण गर्न र सहजिकरण गर्नको लागि सरकारले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images