आर्थिक संकुचनमा बजेट ल्याउँदा पनि वित्तीय हस्तान्तरण बढायौं– उपाध्यक्ष अधिकारी

जेठ २६, २०८२ सोमबार
आर्थिक संकुचनमा बजेट ल्याउँदा पनि वित्तीय हस्तान्तरण बढायौं– उपाध्यक्ष अधिकारी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले मुलुक आर्थिक संकुचनमा रहेकै बेला नयाँ बजेट ल्याएपनि तल्लो तहमा जाने अनुदानलाई बढाइएको बताउनुभएको छ । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौंमा भएको कार्यक्रममा तल्लो तहका सरकार बलियो नभएसम्म संघीयता प्रभावकारी नहुने भन्दै त्यहाँ जाने अनुदान बढाइएको बताउनुभएको हो । उपाध्यक्ष अधिकारीले तीन करोड भन्दा सानाका परियोजना कतिपय सशर्तका रुपमा तल पठाइएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images