लाओसमा नेपाली राष्ट्रिय फुटबल टोलीको अभ्यास शुरु

जेठ २४, २०८२ शनिबार
लाओसमा नेपाली राष्ट्रिय फुटबल टोलीको अभ्यास शुरु

एशियन च्याम्पियन्सीप अन्तर्गत लाओसविरुद्धको खेल अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसमा अभ्यास शुरु गरेको छ ।  शुक्रवार राती लाओसको राजधानी भियन्तियनमा आइपुगेको नेपाली टोलीले आजबाट अभ्यास गरेको हो । अभ्यासका क्रममा टोलीका कप्तान किरण चेम्जोङगले लाओसको वातावरण र मौसमलाई मध्यनजर गर्दै टोलीले अभ्यास शुरु गरेको जानकारी दिनुभयो । हङकङ्गसँगको बराबरी खेलेर हौसिएको नेपाली टोली च्याम्पिन्सीपको खेल हुनु तीन दिनअघि लाओसमा अभ्यास गर्ने वातावरण बन्नाले फाइदा पुग्ने उहाँको भनाई छ । यसअघि पनि लाओससँग खेलिसकेको हुँदा धेरै समस्या नहुने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images