नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खेल क्षेत्रमा राज्यले अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सिमित नरहेको बताउँदै सामाजिक सभ्यता, अनुशासन, देशको पहिचान र प्रतिष्ठासँग जोडिएको र आर्थिक समृद्धिको लागि पनि खेल क्षेत्रको भुमिका र महत्व बढ्दै गएको बताउनु भयो ।