हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

जेठ २४, २०८२ शनिबार
हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुग्नुभएको छ । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुग्नुभएको हो । जुम्ला विमानस्थलमा उहाँलाई स्थानीयबासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रुपमा लिइएको स्थानीयबासीको भनाई छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images