सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेनः मुख्यमन्त्री लामा

जेठ २४, २०८२ शनिबार
सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेनः मुख्यमन्त्री लामा

वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले विभिन्न समयमा दिइरहेको तालिमले अहिलेसम्म सार्थकता पाउन नसकेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरुलाई प्रमाणपत्र दिने र उनीहरु कहाँ के गर्दैछन् भनेर डाटा राख्नुपर्ने बताउनुभएको हो । उहाँले संख्या तोकेरै तालिम दिइयो भने पनि सिष्टम नबनाइँदा तालिम प्राप्त जनशक्ति कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा पाउन नसकिने अवस्था रहेको स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images