नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरुका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताउनुभएको छ । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गर्नुभएको हो । उहाँले राज्यकै नीतिहरुमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति रहँदै आएको र अहिलेपनि त्यसमा सुधार हुन नसकेको स्पष्ट पार्नुभयो । कोभिडपछि नेपालको अर्थ व्यवस्थाको सबैभन्दा ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त लगायतमा प्रत्यक्ष असर देखिएको बताउँदै घरजग्गा कारोबारमा मन्दी आउँदा विकास निर्माणमा पनि त्यसको प्रत्यक्ष असर परेको दाबी गर्नुभयो ।