नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकार निर्मम हुन जरुरी रहेको बताउनुभएको छ । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बाधेन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने बताउनु भयो । उहाँले प्रतिशोधको भावना लिएर नहुने भन्दै सांसद कोईरालाले कसैलाई मुद्दा लगाउने र कसैलाई छोड्ने भन्ने नहुने बताउनु भयो ।