गाजा अस्पतालमा इजरायली हवाई आक्रमणबाट तीन पत्रकारको मृत्यु

जेठ २३, २०८२ शुक्रबार
गाजा अस्पतालमा इजरायली हवाई आक्रमणबाट तीन पत्रकारको मृत्यु

गाजा शहरको अल–अहली अरब अस्पतालको आँगनमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । इजरायली रक्षा बलले उक्त आक्रमणले उक्त स्थानमा रहेको इस्लामिक जिहादका एक कार्यकर्तालाई लक्षित गरेको बताएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले अस्पतालको आँगनमा भेला भएका पत्रकारहरूको समूहमाथि अचानक आक्रमण गर्दै इजरायली ड्रोनले कम्तिमा एउटा मिसाइल प्रहार गरेको बताएका छन् । अल–अहली अस्पतालका निर्देशक फदेल नईमले बताएअनुसार हवाई आक्रमणमा तीन पत्रकारको तुरुन्तै मृत्यु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images