१० औं उलान बाटोर अन्तर्राष्ट्रिय म्याराथनमा ३० हजार धावक सहभागी

जेठ ११, २०८२ आइतबार
१० औं उलान बाटोर अन्तर्राष्ट्रिय म्याराथनमा ३० हजार धावक सहभागी

उलान बाटोर अन्तर्राष्ट्रिय म्याराथनको १० औं संस्करणमा ३० हजार धावकहरु सहभागी बनेका छन् । म्याराथन उलान बाटोरको नगरपालिका सरकार र मंगोलियाको भौतिक संस्कृति तथा खेलकुद प्राधिकरणले संयुक्त रूपमा आयोजना गरेको थियो । मङ्गोलियाली राजधानीको मेयरको प्रेस कार्यालयका अनुसार ४१ भन्दा बढी देश र क्षेत्रका लगभग ३० हजार व्यावसायिक र एमेच्योर धावकहरूले यस कार्यक्रममा भाग लिएका थिए, जसमा पूर्ण म्याराथन, हाफ म्याराथन, १० किलोमिटर र ५ किलोमिटर म्याराथन, पारिवारिक म्याराथन र ह्वीलचेयर म्याराथन समावेश थिए । केन्याका किउरा डेनिस मुगेन्डीले पहिलो पटक पुरुष म्याराथन जितेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images