वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते अर्को सातादेखि शुरू हुने भएको छ । सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा आगामी जेठ ९ र १० गते वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको खेलहरू जगातीस्थित शेराटन ब्याङ्केट सूर्यविनायक नगरपालिका–९ मा नै हुने भएको छ । यस प्रतियोगितामा १० स्थानीय तहका टोली भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरी, काठमाडौं र गोदावरी नगरपालिकाहरूका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।