प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बिरुद्ध आक्रमण जारी रहेको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले दुनियाँमा विभिन्न प्रकारका कुप्रचारहरु भइरहेको बताउनु भयो । एमाले बिरुद्ध हमला भइरहेको समयमा पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवाहरु एमालेमा प्रवेश गर्नु नेपाल बनाउने भिजिनरी संकल्प भएको बताउनु भयो ।