एक खेलअगावै प्लानिङ ब्वाइज लिग च्याम्पियन

जेठ २, २०८२ शुक्रबार
एक खेलअगावै प्लानिङ ब्वाइज लिग च्याम्पियन

प्लानिङ ब्वाइज युनाइटेडले शुक्रवार नयाँबस्ती युवा क्लबमाथि जित निकाल्दै एक खेलअगावै सहिद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि उचालेको हो ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजले रेलिगेसनमा परिसकेको नयाँबस्ती युवामाथि ५–० को सानदार जित निकाल्यो । यससँगै प्लानिङ ब्वाइज एक खेल अगाव शहीद स्मारक ‘बी’ डिभिजन लिगको च्याम्पियन बन्यो । यो खेलअगावै प्लानिङ ब्वाइज शिर्ष डिभिजनमा बढुवा भइसकेको टोली हो । शुक्रवार पनि जित निकाल्दै प्लानिङले अर्को सफलता पनि प्राप्त ग¥यो । जितसँगै प्लानिङ ब्वाइजले १२ खेलबाट ३० अंक जोडेको छ । यो दोस्रो स्थानमा रहेको श्री भगवतीको भन्दा सात अंक बढी हो । समान खेलबाट पाँच जोडेको नयाँबस्तीले पुछारमा रहेर लिग टुङ्गाउने पक्का भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images