हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन आवश्यकः राष्ट्रपति पौडेल

जेठ २, २०८२ शुक्रबार
हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन आवश्यकः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हजयात्रीलाई शुभकामना दिने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता रहेको उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images