सगरमाथा संवाद शुरु भएको छ ।
सरकारले जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने उद्देश्यले आयोजना गरेको सगरमाथा संवाद काठमाडौंमा शुरु भएको हो । शुक्रवारबाट शुरु भएको सगरमाथा संवाद जेठ ४ गतेसम्म सञ्चलन हुनेछ । सम्मेलनमा १ सय ७५ बढी विदेशी पाहुनासहित ३ सय बढीले सहभागिता जनाएका छन् । उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको छ । संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । सबै सत्र शनिवार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ । कार्यक्रममा आउनुभएका पाहुनाहरुलाई शुक्रवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गर्नुभयो । —न्युज एजेन्सी नेपाल