काशी सुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा वसन्तपुरको कामाख्या देवी मन्दिर दर्शन

जेठ १, २०८२ बिहीबार
काशी सुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा वसन्तपुरको कामाख्या देवी मन्दिर दर्शन

भारतको उध्र्वाम्नाय काशी सुमेरु पीठाधीस्वर जगतगुरु शंकराचार्य अनन्तश्री विभूषित स्वामी  नरेन्द्रानन्द सरस्वती जी महाराजले पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिर दर्शन र पूजा आराधना गर्नुभएको छ । नेपालका धार्मिक स्थलहरूको भ्रमणको क्रममा शंकराचार्यले  बिहीबार कामाख्या मन्दिर दर्शन गर्नुभएको हो । मन्दिर  दर्शनपछि शंकराचार्यले कामाख्या देवीको दर्शनले जीवनमा शक्ति आर्जन हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वास रहेको बताउनु भयो । कामाख्या देवीको उपासनाले मनोकामना पूरा हुने शंकराचार्यको भनाई थियो ।  शंकराचार्यले बसन्तपुर निकै  सुन्दर  स्वच्छ, शान्त  र शितल ठाउँ भएको उल्लेख गर्दै हिन्दु धर्मावलम्बीहरू एक पटक पुग्नै पर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images