नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रकाविरुद्ध सूचना प्रविधिका माध्यबाट नियोजित रुपमा हुने हमला रोक्न सूचना प्रविधि प्रदायकहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठनको केन्द्रिय महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतन्त्र र व्यवस्था विरोधी सामग्रीहरु कहाँबाट सञ्चालन भइरहेका छन् भनेर पत्ता लगाउन सूचना प्रविधि कम्पनीहरु सक्षम रहेको बताउनुभएको हो । उहाँले नकारात्मक प्रचारका सामग्रीहरु कहाँबाट प्रशारण हुन्छन् भन्नेकुरा पत्ता लगाउने सामथ्र्य सूचना प्रविधि प्रदायकहरुसँग रहेको स्पष्ट पार्नुभयो ।