नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सल्लाहकार नियुक्ति सम्बन्धी व्यवस्थालाई संविधान र कानूनअनुसार मर्यादित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले गाउँपालिका अध्यक्षदेखि वडा अध्यक्षसम्मले कानूनी र प्रेस सल्लाहकार राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै आवश्यक मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सल्लाकारको रुपमा संघीय मन्त्रालय एवं उच्च ओहोदाका पदमा समेत विचौलियाको पहुँच पुग्ने गरेको उल्लेख गर्दै सल्लाहकार नियुक्ति सम्बन्धी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।