नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचना सहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संकटबाट बचाउन सबै राजनीतिक दलका नेताहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले देशलाई अग्रगामी निकास कुनैपनि विषय विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा नपरेको आरोप लगाउनु भयो ।