राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राज्यका हरेक अङ्गमा सत्ताको लाजमर्दो भागबण्डा चलिरहेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो टिप्पणी गर्नुभएको हो । सरकारले न्यायालय, विश्वविद्यालय, प्रहरी, संवैधानिक निकाय, राजदुत र राष्ट्र बैंक जस्ता संस्थामा मेरिट र काबिलियतको कदर नगरेको आरोप लगाउनु भया ।