सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन

बैशाख ३०, २०८२ मंगलबार
सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन


सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।


मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने बताउनुभएको हो । उहाँले संवादमा ३ सय ५० जना सहभागी रहने जानकारी दिनुभयो । सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरुको उपस्थिति रहने बताउनु भयो । संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको बताउनु भयो । मन्त्री राणाकाअनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीस्वरुप सरकारले करिव १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरेको बताउनु भयो । जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि संवाद लगायत रहेका छन् । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने परराष्ट्रमन्त्री राणाले जानकारी दिनुभयो । त्यस्तै परराष्ट्रमन्त्री डा. राणा कार्यक्रममा पाहुनाहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने संवादसम्बन्धी तयार पारिएको चिनारियुक्त भिडियो प्रश्तुत गरिनेछ । साथै चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्नुहुने मन्त्री राणाले बताउनु भयो । १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफद गर्नु रहेको बतउनु भयो । 


सगरमाथा संवाद ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन भइरहेको सरकारले जनाएको छ । 

 

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images