संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउने सरकारले हर तरहबाट सहयोग गर्ने बताउनुभएको छ । सोमवार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि देशको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले सरकारको मात्रै लगानीले समृद्धि प्राप्त नहुने बताउनु भयो । उहाँले पर्यटनको क्षेत्रमा सरकारले लगानी गर्न नसक्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले केवबलकार, एयरलाइन्सलगायत पर्यटनको क्षेत्रमा लगानी नगरेको भए पर्यटकीय क्षेत्रको विकास अहिलेको गतिमा हुन नसक्ने बताउनु भयो । निजी क्षेत्रलाई लगानीमैत्री वातावरणका लागि कानून निर्माणलगायतका काम सरकारले गर्नेपर्ने उहाँको भनाइ छ । उहाँले सरकारले हालै ल्याएको अध्यादेश र त्यसपछि बनेको ऐनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताउनु भयो ।