आक्र्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई चौध सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ । सोमवार आर्यन्या बुटिक होटल नागपोखरिमा एक कार्यक्रमको आयोजना गरी ट्राभल्सलाई उक्त भ्यान हस्तान्तरण गरेको हो । चीनमा निर्मित उक्त भ्यान अत्याधुनिक इलेक्ट्रोनिक गाडी भएको आक्र्स ग्रुपले जनाएको छ ।