पहलगाम आक्रमणपछि युद्धकै अवस्थामा पुगेका भारत र पाकिस्तानबीच सोमवार वार्ता हुँदैछ । सोमवार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको थियो । तर समय केही परिवर्तन गरी आज साँझ वार्ता हुने भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्नेछन् ।