२५६९ औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भूनाथ क्षेत्रसहित देशभरका विभिन्न बौद्ध स्तुपाहरुमा दर्शनार्थीहरुको भीड देख्न सकिन्छ । काठमाडौंको स्वयम्भू, बौद्ध लगायतका बौद्ध गुम्बाहरुमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो रहेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ ।