श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले भोगिरहेका समस्याको समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार भइरहको मन्त्री भण्डारीको भनाइ छ । उहाँले परिवार र समाजको अपेक्षा, ऋणको चाप र कामको दबाबले श्रमिकहरु डिप्रेसनको शिकार बन्ने र आत्महत्या गर्ने क्रम समेत बढेको बताउनु भयो ।